काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कलेजो सम्बन्धि समस्याबाट पीडित ढुंगाना उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । त्यहीबेलामा प्रतिनिधिसभाको सभामुख बनेका थिए ।
नेपालको राजनीतिक आन्दोलन र संसदीय व्यवस्थाको विकासमा उनको योगदान उल्लेखनीय मानिन्छ ।
उनको अन्त्येष्टि सोमबार दिउँसो पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका छोरा डा. निमेष ढुंगाना बेलायतको म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् ।
छोरा फर्कन समय लाग्ने भएकाले अन्त्यष्टि भोलि गर्न लागिएको हो । उनका अर्का छोरा निशेष र छोरी नीतिक नेपालमै छन् ।
उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमै राखिएको छ
