काठमाडौं— काठमाडौंमा बुधवार राती भूकम्प गएको छ।

गएराति १०:४६ बजे काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रले भूकम्पको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ। यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो।

कीर्तिपुर केन्द्रबिन्दु भएर राति गएको भूकम्पले क्षति पुगेको भन्ने विवरण सार्वजनिक भएको छैन।

Share.

Comments are closed.

Exit mobile version