काठमाण्डौं । क्यानडाबाट फर्किएका एक महिला र एक पुरुष काठमाण्डौंको  सिनामंगलको  गेष्ट हाउसमा मृत भेटिएका छन् । मृत  युवा–युवती पतीपत्नी रहेको खुलेको छ ।

प्रहरीका अनुसार मृत हुनेहरूमा सुनसरी दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी हुन् ।  क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि गेष्ट हाउसको बरन्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

शनिबार साँझ ६ बजे गेष्ट हाउस पुगेका उनीहरु चौथो तलाको कोठा नम्बर १२० मा बसेका थिए ।

आइतबार बिहानसम्म ढोका नखुलेपछि र बोलाउँदा नबोलेपछि प्रहरीलाई खबर गरिएको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।

Share.

Comments are closed.

Exit mobile version