काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। १८ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त धामीले गर्नेछन्। १८ जनाभित्र रहेका दिलसद अली, राजेश यादव र दयान्द यादवले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

एसिया कप मंसिर १४ देखि २३ सम्म यूएईमा हुँदैछ। समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ।

यसैगरी क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल(उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार रहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version