काठमाडौं । नेपाली बजारमा पहेंलो धातु सुनको मुल्य घट्न थालेको छ ।

सोमबार तोलामा एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलवार दुई हजार ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मङ्गलवार तोलामा एक हजार ८२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

Share.

Comments are closed.

Exit mobile version