सन् २०२३ मा विश्वभर करिब ८५ हजार  महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले महिला विरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक दश मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।

प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ त्यसपछि अमेरिका र ओसिनिया रहेका छन् ।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीको लागी जिवितहरुलाई सहयोग सुनिश्चित गर्नु पर्ने बताउदै युएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरे।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version