काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताउनुभएको छ।

विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस–एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने बताउनुभएको हो ।

दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने उहाँले बताउनुभयो।

उहाँले संविधान संशोधनको विषयलाई पक्षविपक्षभन्दा पनि संविधानको कार्यान्वयनको अनुभवबाट सिकेका कुराहरु, जसले संविधानलाई अझै कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक हुन मद्दत पुर्याउँछ त्यसकै आधारमा प्रवेश गर्नुपर्ने बताउनुभयो ।

थापाका अनुसार आजै साँझ कांग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता कार्यान्वयनका गठित संयन्त्रको बैठक बस्दैछ ।

Share.

Comments are closed.

Exit mobile version