काठमाडौं । स्थानीय तह उपनिर्वानको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । उपनिर्वाचन यहि मंसिर १६ गते आगामी आइतबार हुँदै छ ।

मतदानको समयभन्दा ४८ घण्टाअघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् ।अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ ।

नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् ।

२० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

Share.

Comments are closed.

Exit mobile version