काठमाण्डाै । क्यानडाका अलराउन्डर हर्ष ठाकरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
२७ वर्षीय ठाकरलाई साताैं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ । ठाकरले ३५ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ सय ५१ रनसहित २९ विकेट लिएका छन् ।
जनकपुरले यसअघि इङ्गल्यान्डका बेन माइक, पाकिस्तानका शोएम मक्सूद, श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानकै मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो । जनकपुरको मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण पर्सि शनिवारदेखि आउँदो पुस ६ गतेसम्म सञ्चालन हुँदैन । एनपीएलको उद्घाटन खेलमा शनिवार दिउँसो १२ बजे विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।