काठमाडौं – कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा एमाले सांसद रेवतीरमण  भण्डारीले शपथ लिएका छन्।

कोशी  प्रदेश प्रमुख पर्शुराम खापुङसामू उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई मानव तस्करी आरोप लागेपछि राजीनामा दिएका थिए। रिक्त उक्त मन्त्रालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए।

भण्डारी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७९ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। कानुन पृष्ठभूमिका उनी एमाले राजनीतिमा खारिएका इमानदार नेता मानिन्छन्।

यसअघि आन्तरिक मामिला मन्त्री रहेका लीलावल्लभ अधिकारीलाई जापानमा मानव तस्करी प्रकरणमा तानिएपछि राजीनामा गराइएको थियो।

अन्य बिचौलियाहरू जेल चलान भए पनि अधिकारीलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा चलाएको थिएन।

Share.

Comments are closed.

Exit mobile version