काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको नतीजा सार्वजनिक भएको छ । ४४ सीटका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि आइतबार भएको मतदानमा ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ ठाउँमा विजय हासिल गरेको छ ।

दोस्रो बढी माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने एमालेले ८ स्थानमा जित दर्ता गरेको छ । निर्वाचनमा जसपा नेपालले २ स्थान जितेको छ भने नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक ठाउँ जितेका छन् ।

यस निर्वाचन मार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ । माओवादी केन्द्रले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेको छ । कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका केहि सिट गुमाएको छ । एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ ।

यसैबीच चर्चामा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ३ सय ३४ मत ल्याउँदा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाउनु भएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version