काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ ।
सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३/३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए । विराटनगर किङ्ग्सका अनिल खरेलले ३ विकेट लिए ।
प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । सुदूरपश्चिमले भने जीतसँगै प्रतियोगिताको शुरुआत गरेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।