काठमाडौँ । चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ। सहकारी ठगी प्रकारणमा चितवनमा जारी बयानका क्रममा रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका समर्थक र प्रहरीबिच झडप भएको हो ।

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा भएको झडपका क्रममा दुबै तर्फका केही घाइते भएका छन्।

प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएका छन्। झडपका क्रममा प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ।

चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version