काठमाडौं- आज पहाडी इलाकामा आंशिक बदली रही अन्यत्र मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।विभागका अनुसार हाल देशभर कुनै पनि विशेष मौसम प्रणाली सक्रिय छैन।

आज दिउँसो कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, आज राति पनि कोशी, वागमती र गण्डकीका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा एक दुई स्थानमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजिवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

Share.

Comments are closed.

Exit mobile version