काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार कार्यालयले सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका लागि एक हजार १६५ जनाका लागि आवेदन माग गरिएको छ । यसैगरि प्रहरी कार्यालयले सहयोगी भान्छे ४७ जना र कुचीकारका लागि ११ जना माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version