काठमाण्डाै – तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ । उहाँ दिउँसो साढे १२ बजे काठमाण्डौ ओर्लिनुभएको हो । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुनुहुन्छ ।
भारत र श्रीलङ्काको भ्रमणपछि उहाँ नेपाल आउनुभएको हो । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहनुभएका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न काठमाण्डौमा आएको अमेरिकी दूतावासले जनाएको छ । उहाँको भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई सुदृढ पार्ने दूतावासको भनाइ छ ।
अमेरिकाले वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धतालाई जोड दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।