काठमाडौं। सेयर बजार आज राताम्मे बनेको छ। आज भारी अंक ४५.९३ ले घटेर नेप्से सूचक २६ सय ८९ अंकमा झरेको छ । सेयर बजार १.६७ प्रतिशतले घट्दा कारोबार रकम ७ अर्ब ४६ करोड रुपैयाँको मात्रै भएको छ।

आज उच्च अंकले बजार घटेको भएपनि २७ कम्पनीको सेयर मूल्य भने बढेको छ। आइतबार खानीखोला हाइड्रोपावर, डोटी पावर कम्पनी, मोलुङ हाइड्रोपावरसहतिका कम्पनीको सेयर मूल्य ९ प्रतिशतसम्मले बढेको छ ।

आज बजार घटेको कारण मानुषी लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले घटेरको छ । यी कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३२१ वटा कम्पनीको १ करोड ७३ लाख कित्ता सेयरको ८१ हजार ४०४ पटक कारोबार भएको छ ।

Share.

Comments are closed.

Exit mobile version