काठमाडौं । आज (आइतबार) राति देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागमा एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसबाहेक राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली (आकाशभरि बादल) रही देशका बाँकी स्थानमा आंशिकदेखि साधारणतया बदली (तुलनात्मक रूपमा कम बादल) रहने मौसम महाशाखाले जानकारी गराएको छ।

Share.

Comments are closed.

Exit mobile version