काठमाडौं, २५ मंसिर २०८१ । गढीमाईको मेला हेरेर फर्किएका दर्शनार्थीहरु चढेको स्कार्पियो (जिप) दुर्घटना हुँदा रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सारलमाहा खण्डमा आज बिहान चालकसहित ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा तर्फ जाँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भई रोडबाट तल साइडको रुखमा ठोक्किएर दुर्घटना प्रहरीले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version