काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएको छ । चितवनले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा एक सय ४८ रनमा अलआउट भयो ।

जनकपुरका जिमी नीशमले सबैभन्दा धेरै ६५ रन बनाए । ओपनर आशिफ शेखले २३ रन बनाए । चितवनका शोयल तनभिर, कुशल मल्ल र रजिन ढकालले समान दुई विकेट लिए । यस्तै अमर रौटेलाले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनायो । चितवनका कप्तान कुशल मल्लले सबैभन्दा धेरै ७२ रन बनाए । यस्तै रवि भोपाराले ४४ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए । यस्तै हर्ष थाकर, महोम्मद मोसिन र जिमी निशमले समान एक विकेट लिए ।

योे जीतसँगै चितवन राइनोजको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । चितवन सात खेलमा आठ अङ्कसहित तेश्राे स्थानमा उक्लिएकाे छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएकाे काठमाण्डौ छ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । यस्तै सुदूरपश्चिम पाँच खेलमा आठ अङ्कसहित दाेश्राे स्थानमा छ । कर्णाली छ खेलमा आठ अङ्कसहित तालिकाकाे चाैंथाे स्थानमा छ । चितवनको जीतसँगै पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन् ।जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version