भारतको मुम्बईमा यात्रुले भरिएको डुंगा समुद्रको बीचमा रहेको नौसेनाको स्पिड बोटसँग ठोक्किँदा १३ जनाको मृत्यु भएको छ।

घटनालगत्तै डुंगामा सवार मानिसलाई बचाउन उद्धार गरिएको थियो। नौसेना, जवाहरलाल नेहरू बन्दरगाह प्राधिकरण (जेएनपीए), कोस्ट गार्ड, येलो गेट प्रहरी चौकी र स्थानीयको सहयोगमा उद्धारको प्रयास गरिएको थियो।

भारतीय नौसेनाका एक अधिकारीले यस दुर्घटनामा विज्ञप्ति जारी गर्दै मुम्बईको तट नजिक भएको यस दुर्घटनामा १० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन्। समुद्री परीक्षणका क्रममा नौसेनाको स्पीड क्राफ्ट नियन्त्रण बाहिर गएर डुङ्गासँग ठोक्किएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

उक्त नौसैनिक डुंगाको इन्जिन भर्खरै परिवर्तन गरी नयाँ इन्जिनको परीक्षण भइरहेको अधिकारीहरूले बताएका छन्। इन्जिन पूरै अड्किएर डुंगा नियन्त्रण बाहिर गएर नीलकमल नामको डुंगासँग ठोक्किएको थियो।

यो नौसेना डुङ्गामा ६ जना सवार थिए जसमा २ जना नाविक र इन्जिन आपूर्ति गर्ने कम्पनीका ४ जना सदस्य थिए। नौका डुंगामा भने ८० वयस्क यात्रु र पाँच चालक दलका सदस्य सवार थिए। टिकट नदिइएकाले डुंगामा कति बालबालिका थिए भन्ने यकिन भइरहेको छ।-एजेन्सी

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version