नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिनाकाे लागि निष्कासन गर्ने तयारी गरेकाे छ।

पार्टी मुख्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गाको बारेमा आफ्ना धारणा राखेपछि एमालेले पार्टीकाे निर्णयविरुद्ध बाेलेकाे भन्दै पाण्डेलाई निष्कासन गर्न लागेको हाे।

एमाले महासचिव शंकर पाेखरेले पाण्डेलाई ६ महिनाकाे लागि निष्कासन गर्ने प्रस्ताव अहिले जारी सचिवालय बैठकमा लगेकाे बुझिएकाे छ।

एमालेका एक नेताका अनुसार सचिवालयको बैठकले निर्णय गरेर पार्टीबाट निष्कासन गर्ने तयारी छ।

पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिइसकेकी छन्। तर एमालेले भने चित्त बुझ्दाे जवाफ नआएको भन्दै निष्कासनकाे कारबाही गर्न लागेकाे हाे।

व्यवसायी गुरुङले पार्टी मुख्यालय निर्माणका लागि दिइएको जग्गाबारेमा नेतृत्वको निर्णयको आलोचना गरेकी थिइन्।

एमालेका नेताहरूले पाण्डेले दिएकाे अभिव्यक्तिले पार्टीकाे अनुशासनको उल्लङ्घन गरेकाे दाबी गरेका थिए।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version