चितवन – गैँडाको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोटे रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रका अनुसार नजिकैको जङ्गलमा भैँसी चराउन गएका वोटे लाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

मिश्रका अनुसार मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

Share.

Comments are closed.

Exit mobile version