धनगढी,५ माघ २०८१ । कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका–१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षीय महेश चन्द पक्राउ परेका हुन्। चन्दलाई ६ ग्राम ६०० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भरत चौधरी १९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version