काठमाडौं, ८ माघ । ठगीमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका२४ बस्ने उदयपुर रौतामाई गाउँपालिका ७ घर भएका ३५ वर्षीय ध्रुब कुमार राय र ४१ वर्षीय राजन डंगोल रहेका छन् ।

मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी विभिन्न पसलहरूमा गई ईसेवामा रकम पठाउन लगाई उक्त रकम पठाए पश्चात केही समयपछि नगद लिएर आउँछु भनी चोरी गरेको मोबाइल तथा कागजातहरू धितो राखी फरार भई ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Share.

Comments are closed.

Exit mobile version