काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा यही माघ १८ गते शुक्रवार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
यसअघि हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् अधिवेशन आह्वानका लागि सिफारिश गरेको थियो । सरकारको सिफारिशका आधारमा माघ १८ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।