काठमाडौ, माघ १७ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलरको भाउ ०३ पैसाले बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ १७ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि बुधबार डलर एकको खरिददर १३८ रूपैयाँ १४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७४ पैसा कायम गरिएको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४० पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार १८ पैसाले घटेको छ । बुधबार युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ०५ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ६८ पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३७ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७१ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५३ पैसा थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०६ र बिक्रीदर ८६ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा तथा बिक्री दर १९ रूपैयाँ १४ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४७ रूपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रूपैयाँ ०९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
खबर साइट डट कम :
- गाउँपालिकाका पूर्वअध्यक्षसहित ५ जनाविरुद्ध १ करोड ४१ लाख भ्रष्टाचार मुद्दा
- आयोजना प्रभावित स्थानीयलाई जलविद्युत्को सेयर १०० रुपैयाँ मै दिन इप्पानको आग्रह
- सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता
- अष्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नुअघि ३२ लाखभन्दा बढी खर्च, भिसा अस्वीकृत भए ५–९ लाख रुपैयाँसम्म घाटा हुन सक्ने
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक
- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने
- इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन लाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण
