काठमाडौ, माघ १८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुत्रक्रबार अमेरिकी डलरको भाउ १४ पैसाले बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार डलर एकको खरिददर १३८ रूपैयाँ १७ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो ।
शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार ०२ पैसाले घटेको छ । बिहिबार युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४० पैसा तोकिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३७ पैसा थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ १३ र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ र बिक्रीमा ९६ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
खबर साइट डट कम :
- सरकार र लघुवित्त पीडितबिच ५ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता
- अष्ट्रेलिया अध्ययनका लागि भिसा प्राप्त गर्नुअघि ३२ लाखभन्दा बढी खर्च, भिसा अस्वीकृत भए ५–९ लाख रुपैयाँसम्म घाटा हुन सक्ने
- बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
- आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको नतिजा सार्वजनिक
- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने
- इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन लाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण
- नातेदार स्वकीय सचिवमा नियुक्त नगर्न सांसदहरूलाई रास्वपाको निर्देशन
- शुक्रबार सुनचाँदीको भाउ घट्यो
