रसुवा,माघ २०  – रसुवामा एक लेनदेनको विषयमा कुटपिट गरी एक जनाको हत्या भएको छ।

शनिबार साँझ उत्तरगया गाउँपालिका-१ घर भई सोही गाउँपालिका-५ बोगटिटार बस्ने ६० वर्षीय प्लेक्ता तामाङको हत्या भएको हो।

रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईका अनुसार हत्या गरेको आरोपमा सोही गाउँपालिका-५ बोगटिटार बस्ने ४३ वर्षीय बिचारी तामाङलाई शनिबार बेलुका नै प्रहरीले पक्राउ गरेको छ।

बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।

प्रहरी वृत्त महाराजगन्ज काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी अहिले रसुवा पुर्‍याइएको छ।

Share.

Comments are closed.

Exit mobile version