काठमाडौं, २४ माघ । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।

साहारा चितवन सहकारी ठगी प्रकरणको थुनछेक बहसपछि अदालतले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए।

लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।

चितवनमा अन्य व्यक्तिलाई संगठित अपराध अन्तर्गतसमेत मुद्दा दायर गरिएकोमा लामिछानेलाई ठगी मुद्दा मात्रै दायर गरिएको थियो।

Share.

Comments are closed.

Exit mobile version