काठमाडौं, २५ माघ । बारा प्रहरीले तस्करीको आशंकामा एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
बिहीबार बिहान प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना८ख ४५६३ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
गौरबाट काठमाडौं जाँदै गरेको ट्रक पथलैया चोकमा चेकजाँचमा खटिएको टोलीले बिहान ६:५० बजे नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए।
उक्त ट्रकमा ६५ लाख २९ हजार ९५० रुपैयाँ बराबरको कस्मेटिक, जुत्ता, कपडा, औषधी, हार्डवेयरलगायतका खुद्रा सामान रहेको प्रहरीले जनाएको छ। ती सामान बिल बिजकभन्दा बढी देखिएपछि तस्करीको आशंका गरी नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
ट्रक र सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।