काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको छ।

मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकोमा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version