काठमाडौं – वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन्।

उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

रकम लिएपछि सम्पर्कविहीन भएकी रोश्मीको खोजीका लागि पीडितले निवेदन दिएका थिए।

अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

Share.

Comments are closed.

Exit mobile version