- खबरसाईट समाचारदाता
चितवन,२ फागुन २०८१ ।
चितवन,२ फागुन २०८१ । नारायणगढ मुग्लिन सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। सडक छेउमा बनाइएको डिभाईडरमा ठोक्किएर बा प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।शुक्रवार विहान ११ वजे तिर चट्टाने भिरमा डिभाईडर ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरी,सशस्त्र प्रहरी र गोताखोरको टोलिले उद्दार कार्य जारी राखेका छन्।
