• खबरसाईट समाचारदाता

चितवन,२ फागुन २०८१ ।

चितवन,२ फागुन २०८१ । नारायणगढ मुग्लिन सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। सडक छेउमा बनाइएको डिभाईडरमा ठोक्किएर बा प्रदेश-०६-०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ ।शुक्रवार विहान ११ वजे तिर  चट्टाने भिरमा डिभाईडर ठोक्किएर दुर्घटना भएको हो ।

घटनास्थलमा भेटिएको झोलामा लमजुङ चन्द्रेश्वर -३ का २७ वर्षीय रोहित राना नाम रहेको परिचय पत्र फेला परेको भएपनि मोटरसाईकल चालक को थिए भन्ने बारेमा खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी,सशस्त्र प्रहरी र गोताखोरको टोलिले उद्दार कार्य जारी राखेका छन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version