काठमाडौं । केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बिहीबार प्रतितोला दुई हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार चार सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ। महासंघका अनुसार आज चाँदी तोलाको एक हजार नौ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो।

गत कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो। त्यसबेला सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

Share.

Comments are closed.

Exit mobile version