गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसामु शर्त राखेको छ । हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्काे चरणमा वार्ता गर्न जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने शर्त राखेको हो ।
प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने इजरायली अडानका कारणले सम्पूर्ण सम्झौता गम्भीर खतरामा परेको हमासका एक वरिष्ठ अधिकारीले बताएका बीबीसीले उल्लेख गरेको छ । उनले मध्यस्थकर्ताहरूलाई विशेषगरी अमेरिकालाई इजरायलमाथि दबाव दिन आह्वान गरेका छन् ।
सम्झौताको पहिलो चरण र ६ हप्ताको अस्थायी युद्धविराम आउँदाे शनिवार समाप्त हुँदैछ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने विषयमा अझै वार्ता शुरू भएको छैन । इजरायले हमासले इजरायली बन्दी रिहा गर्दा सम्झौता अनुसार ६ सय जनाभन्दा धेरै प्यालेस्टिनी कैदी रिहा गरेको छैन ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।