काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास लडाकु समूहको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले कञ्चनपुरका जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल भइरहेको बताउनुभयो । त्यस्तै उहाँले उच्चस्तरीय सत्रमा नेपाललाई मानव अधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिनुभयो ।

Share.

Comments are closed.

Exit mobile version