अमेरिका र युक्रेनबीच वार्ताको तयारी भइरहेको छ । अर्को हप्ता साउदी अरबमा हुन लागेको वार्ता अर्थपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्वास व्यक्त गर्नुभएको छ ।
साउदीमा हुने वार्ताका लागि राष्ट्रपति जेलेन्स्कीले आफ्ना प्रतिनिधि पठाउने जानकारी दिनुभएको छ । आफूहरू चाँडो र दीर्घकालीन शान्ति हासिल गर्न कार्यरत रहेको जेलेन्स्कीले बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफले अमेरिकी प्रतिनिधिमण्डलले रुस–युक्रेन युद्ध अन्त्य गर्न आवश्यक शान्तिका निम्ति प्रारूप पहिल्याउने कोसिस गर्ने बताउनुभयो । गएको हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच सार्वजनिक रुपमै चर्काचर्की भएको थियो । त्यतिखेर ट्रम्पले जेलेन्स्की युद्ध अन्त्य गर्न तयार नभएको बताउनुभएको थियो ।
लगत्तै अमेरिकाले युक्रेनलाई दिँदै आएका सैन्य सहयोग स्थगन गरेको छ । युक्रेनका लागि अमेरिका सबैभन्दा ठूलो सैन्य सहयोगदाता थियो । हिजो जेलेन्स्कीले लेखेको पत्र प्राप्त गरेको र पत्रमा क्षमायाचना प्रकट भएको ट्रम्पका विशेष दूत विट्कफले बताउनुभएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।