काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरुभएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछाएको नामिबियाले खेल्ने क्रममा बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।

सो लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो ।  नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् । त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।

अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version