काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो । पिएसजीका लागि खेलको १२औं मिनेटमा ओसुमान डेम्बेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
९० मिनेटसम्मको खेलमा दुवैको समग्र गोल १-१ भएपछि यो खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । थप समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा लिभरपुलका कर्टिस जोन्स र डर्विन नुनेजले पेनाल्टी मिस गरेपछि पिएसजी ४-१ ले विजयी हुदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
यो हारसँगै लिभरपुलको यस सिजनको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।