काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ ।
आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । आलियाले लगभग दुई वर्षअघि मेट गालामा डेब्यू गरेकी थिइन् । अब उनी आफ्नो सुन्दर लुकले कान्समा लाइमलाइट चोर्नेछिन् । उनी एक सौन्दर्य ब्रान्डको लागि रातो कार्पेटमा उपस्थित हुनेछिन् ।
बलिउडमा आफ्नो अभिनयबाट लोकप्रियता कमाइसकेकी आलियाले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ख्याति कमाइसकेकी छिन् । मुम्बईमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छन्- ‘म यसको लागि उत्सुक छु । हो, म कान्समा डेब्यू गर्दैछु । म धेरै उत्साहित छु ।’
७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४, २०२५ सम्म आयोजना हुनेछ ।
आलियाले हाल यशराज फिल्म्सको अल्फा र संजय लिला भन्सालीको लभ एण्ड वारमा काम गरिरहेकी छन् । उनको अल्फा यसै बर्ष रिलिज हुने छ भने लभ एण्ड वार २०२६ मा रिलिज हुने छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।