अमेरिकाको कोलोराडोमा रहेको एउटा विमानस्थलमा यात्रु भरिएको विमानमा आगलागी भएको छ । विमानस्थलका अधिकारीहरूका अनुसार रोकिरहेको विमानमा आगो लागेको हो ।
अमेरिकन एअरलाइन्सले उडानका लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० मा आगलागी भएको बीबीसीले जनाएको छ ।
विमानभित्र १ सय ७२ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका बेला आगलागी भएपछि उनीहरूमध्ये केही हतारहतार बाहिर निस्किएका थिए । केही यात्रीलाई विमानबाट ओरालेर टर्मिनलमा लगिएको थियो ।
अमेरिकाको सङ्घीय उड्ययन प्रशासन (एफएए) का अनुसरा यात्रुलाई भुइँमा सुरक्षित रूपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो । एफएएले यो घटनाको अनुसन्धान गर्ने बताएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।