धादिङ- नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भार लगायतका लागि धादिङ र गोर्खा जिल्लाको विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती हुने जनाएको हो।
प्राधिकरणका अनुसार ‘देविघाट सवस्टेशन देखि रातमाटे हुदै धादिङवेशी,जरे, सल्यानटार आएको ३३ के-भि- प्रसारण लाईन अन्तर्गत नुवाकोटको वेलकोटगढी नगरपालिकामा पोल थप तथा लाईन मर्मत आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ।
धादिङ , सल्यानटार र जरे सव स्टेशन बाट सञ्चालन हुने सम्पुर्ण एरियाहरु (निलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका, ज्वालामुखी गाउपालिका, त्रिपुरासुन्दरी गाउपालिका, वेनीघाट रोराङ गाउपालिका, गजुरी गाउपालिका, गल्छि गाउपालिका, गंगाजमुना गाउपालिकाका केहि स्थान र गोर्खा जिल्लाको आरुघाट फिडर अन्तर्गका स्थानहरुमा चैत २ गते शनिवार विहान ११.०० देखि ३.०० बजेसम्म विद्युत काटिने प्राधिकरणको सूचनामा उल्लेख छ।
प्राधिकरणले तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने जनाएको छ।
बिजुली कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमासमेत मागेको छ।
