काठमाडौं । समाजवादी मोर्चाले प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्नका लागि भन्दै जनसमुदायसँग एकजुट हुन अपील गरेको छ । मोर्चाले यहि चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दै छ ।
शनिबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता खड्गबहादुर विश्वकर्माले मोर्चाले सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु एकजुट भइ प्रतिगमन र प्रतिक्रियावादीहरुको षड्यन्त्रलाई विफल पार्न जनसमुदायसँग अपिल गर्ने निर्णय गरेको बताउनुभएको हो ।
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठकराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण जनतामा निराशा पैदा भएको आरोप लगाएको छ । उहाँले भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त रहेको बताउनुभयो । सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रित रहेको बताउनुभयो । अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरु नियन्त्रण गरी राख्नेमा उद्धत रहेको बताउनुभयो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहिनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरितका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रकाविरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनःउत्थानवादी तत्वहरु लागिपरेको जिकिर गर्नुभयो ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।