काठमाडौं – मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन महिलालाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट उद्धार गरेको छ।
कास्की प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीका अनुसार मार्च २४ गते अमेरिकन महिला अपहरणमा परेकी थिइन्।
ती महिलालाई हेटौंडा पुर्याएर लामाले तीन लाख रुपैयाँ युरो मागेकी थिइन्। अमेरिकी दूतावासले उक्त सूचना दिएपछि कास्की प्रहरी, मकवानपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली अनुसन्धानमा जुटेको थियो।
मंगलबार दूतावासले प्रहरीलाई खबर गरेको थियो। जिसीका अनुसार लामाले महिलालाई होटलबाट सोमबार अपहरण गरेकी थिइन्। महिला साथीहरूसँग मुक्तिनाथ घुम्न आएकी थिइन्।
‘
अपहरणमा संलग्न महिलालाई जिल्ला अदालत कास्कीबाट बुधबार अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।