काठमाडौं : लेखक एवम् पूर्वराजदूत कमल कोइरालाको निधन भएको छ। सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कोइराला केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।

उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन्। कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए।

उनी पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए। उनी ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन्। पार्टी विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए थिए। उनको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ।

Share.

Comments are closed.

Exit mobile version