धादिङ, २१ चैत । धादिङको  गल्छी गाउँपालिका  वडा नम्बर १ लाई ‘बालमैत्री’ वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले निर्दिष्ट गरेका तहगत खुड्किला, मापदण्ड र  सूचक पूरा गरेकाले चैत २० गते बुधबार देखिऔपचारिक रूपमा पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको  हो।

बुधबार विशेष समारोहको आयोजना गर्दै वडालाई बालमैत्री घोषणा गरिएको हो। ८ वटा वडा रहेको गल्छीमा १ नम्बर वडाबाट बालमैत्री वडा घोषणा अभियान सुरु भएको हो । बालमैत्री घोषणा कार्यक्रम अब वडा नम्बर २ र ७ मा पनि हुने वताईएको छ ।

बालमैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्म दर्ता लगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ ।

२०८७ सम्म नेपाललाई बालमैत्री स्थानी शासन घोषणा गर्ने राष्ट्रिय लक्ष्य छ । राज्यले नै बालबालिकाका हक अधिकारलाई विशेष रुपमा राखेको छ।नेपालको संविधान २०७२ को धारा ३९ ले बाल अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको छ।

Share.

Comments are closed.

Exit mobile version