काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी फेरी उपसभापति डिपी अर्याललाई दिएको छ ।
केन्द्रीय सचिवालयको गएराती बसेको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाउने आदेश गरेपछि गएराति नै लामिछाने पक्राउ परेका थिए । लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको थियो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ । यस्तै, आज अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।