धादिङ,२६ चैत २०८१ । धादिङका दुई जना पूर्व प्रधानाध्यापकको सोमबार निधन भएको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ घर भई हाल नवलपरासी जिल्लामा बस्दै आईरहेको गंगाप्रसाद रिमाल र नीलकण्ठ नगरपालिका वडा नम्बर १० घर भएका श्यामप्रसाद धरेलको सोमबार निधन भएको हो ।
सिद्धलेकको मिन्दुका माविका पूर्व प्रधानाध्यापक रिमाल सोमबार दाङ जिल्लाको राप्ती गाउँपालिका १ भालुवाङ स्थित राप्ती नदीमा मृत अबस्थामा भेटिएका हुन् । रिमालको मृत्यु रहस्यमय रहेको वताईएको छ ।
यसै गरी नीलकण्ठ नगरपालिका १० ज्यामरुङमा रहेको कुमारीदेवी माविका पूर्व प्रधानाध्यापक धरेलको उपचारका क्रममा विपी स्मृति हस्पिटल काठमाण्डौंमा निधन भएको हो ।
जिल्लाको शैक्षिक विकासमा महत्वपूणै भूमिका निर्वाह गरेको शिक्षक द्धयको निधन प्रति शिक्षक संघ संगठनका साथै पूर्व बिद्यार्थी, राजनैतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका व्यक्तित्वहरुले सामाजिक सञ्जाल मार्फत हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
खबर साइट डट कम :
- एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
- कृष्णभीरमा दुईतर्फी यातायात असोज १ देखि
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात
- बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि सञ्चालनमा
- आज ६२औँ राष्ट्रिय बाल दिवस
- कृष्णभीरमा नयाँ ट्र्याक निर्माण: १४ दिनपछि परीक्षणस्वरूप सवारीसाधन पास
- आजदेखि तीज सुरु,व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
