काठमाडौ, चैत्र २६ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४९ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ६४ पैसा तोकिएको छ ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३९ कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८३ रूपैयाँ ३१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ २२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३६ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ४१ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ५९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ७६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ६० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७२ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३६३ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ५४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
खबर साइट डट कम :
- नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने
- इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन लाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण
- नातेदार स्वकीय सचिवमा नियुक्त नगर्न सांसदहरूलाई रास्वपाको निर्देशन
- शुक्रबार सुनचाँदीको भाउ घट्यो
- संविधानले सुनिश्चित गरेको खाद्य अधिकार कार्यान्वयनमै चुनौती, कर्णालीमा खाद्य असुरक्षा अझै गम्भीर
- ‘बालेन सरकारले सीमा नाघ्यो, विकल्पका लागि सबै कम्युनिस्ट एक हुनुपर्छ’
- प्युठानदेखि काठमाडौंसम्मको सङ्घर्ष: मेनुका भन्छिन्, ‘अब लज्जावतीले मेरो क्षमता देखाउनेछ’
- सीप प्रशिक्षणको अनुमतिमा अनधिकृत प्रमाणीकरण: ‘इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट’ माथि सरकारी छापा र सिलबन्दी
